Aug 15, 2017

कुन शेयर किन्ने ?

कुन शेयर किन्ने भनेर निर्णय लिनका लागी आफ्नो लक्ष्यलाइ ध्यानमा राख्नु महत्वपुर्ण हुन्छ । विषेशगरि आफ्नो सम्पुर्ण शेयरको भाग कति राख्ने र त्यसवाट कति फाइदा हुने आशा छ त्यसैबाट निर्धारण हुने गर्दछ ।

उदाहरणको लागी आगामी १० बर्षमा कर बाहेक बार्षिक ५ प्रतिशत नगद तथा बार्षिक १० प्रतिशत पुजी बृद्धि प्राप्त गर्ने । यो योजनामा लगानीकर्ताले बर्षिक लाभांश दिने केही शेयर  र बाकि लाभांश नदिइ बजार विस्तारमा लागीरहेको कम्पनिको शेयर किन्नुपर्दछ ।
लामो समयसम्म राखिरहने गरि लगानी गरेको भएपनि पनि शेयर किनवेच गरेर छोटो समयमा पनि आफ्नो लगानी पुजि वृद्धि गर्न सकिन्छ । सक्रिय भएर दैनिक खरिदबिक्रि गर्नुका केही जोखिमहरु छन जसलाइ सावधानीपुर्वक ख्याल गर्नु पर्दछ । यसका लागी केही प्रकारका शेयरहरुको मुल्य घटेको बेलामा लगानीको सुरुवात गर्नु उपयुक्त हुन्छ ।
आफ्नो लक्ष्य अनुसार कस्तो शेयर किन्ने हो तेसै अनुसार शेयरको छनौट गर्नुपर्दछ ।शेयर बजारमा विभिन्न प्रकारका शेयरहरु हुने गर्दछन ति यस प्रकार छन
आम्दानी शेयरः यस्तो शेयरले तुलनात्मक रुपमा अन्य कम्पनिले भन्दा वढि लाभांश दिने गर्दछन । यस्तो शेयरबाट विक्रि नगरिकनै नियमित रुपमा आम्दानी गर्न सकिन्छ तर शेयरको मुल्य धेरै छिटो वृद्धि हुदैन । नगद लाभांश कति दिएको छ हेर्ने
ब्लुचिप शेयरः यस्ता शेयर लामो समयदेखिका र वृद्धि तथा स्थायित्व भएका शेयर पर्दछन । ब्लुचिप शेयरले नियमित लाभांश दिन्छन तथा शेयर मुल्य पनि नियमित रुपमा वृद्धि भइराखेको हुन्छ । नगद लाभांश, बोनस शेयर र रिजर्भ फण्डमा नाफालाइ बरावर बाडेको हुन्छ ।
वृद्धि शेयरः बिषेश किसिमको उद्यमि कम्पनिहरुले जारी गरेको शेयरहरुको बृद्धि  अन्य कम्पनिको भन्दा छिटो हुने गर्दछ ।  यस्ता शेयरले सामान्यतया थोरै वा कुनैपनि लाभांश नदिने गर्दछन किनकी यस्ता कम्पनिलाइ धेरैजसो वा सबै मुनाफा कम्पनिको विस्तारको लागी आवश्यक पर्दछ । रिजर्भ फण्ड धेरै हुन्छ र केही बोनस शेयर पनि दिने गर्दछन ।
चक्रिय शेयर ः सामान्य आर्थिक गतिविधिले तुरुन्तै प्रभाव पार्ने कम्पनिले जारी गरेको शेयर यस्ता हुन्छन । यस्ता शेयर आर्थिक मन्दीमा घट्ने र अर्थतन्त्र बृद्धि धेरै हुदा बढ्ने गर्दछन । घरजग्गाको व्यापार गर्ने तथा विलाशिताका सामग्रीको व्यापार गर्ने कम्पनिको शेयर यसका उदाहरण हुन ।
रक्षात्मक शेयर ः चक्रिय शेयरको विपरित यस्तो कम्पनिका शेयर मुल्य आर्थिक मन्दिमा पनि धेरै घटवढ हुदैन । अत्यावस्यक सेवा प्रदान गर्ने व्यवसाय भएका कम्पनिको शेयर जस्तै औषधी, खानेकुरा आदीको व्यवसाय गर्ने कम्पनिहरु ।

No comments: